८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

घरघरमा खुसाली दिने परदेश

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

3265 views

3265 views

घरघरमा खुसाली दिने परदेश

✍️शरद पौडेल, ललितपुर, ठूलाघर । भन्न त भन्छन नेपालमा काम गर्न छोडेर विदेश जाने नेपालीहरूको फेसन हो । तर आजसम्म कसैले जवाफ दिन सकेका छैनन यो फेसन हो की वाध्यता हो भनेर । यसलाइ फेसन नै मानेर छोडौ जाने त गए रे, वांकी भएकालाइ त वस्ने वातावरण वनाइ दिनु पर्थ्यो नि राज्यले । मेरो भतिजाले वंगलादेशबाट मेडिकल सकेर आएको एक वर्ष भएको छ, उसले काम नपाएर भैतारि रहेको छ । काम माग्न गयो पैतिस हजारमा काम लगाउंछन् भन्छ । अर्को मेरो साथीको छोरो छ उसले भारतबाट इन्जिनियरिङ सकेको छ कतै काम नपाएर भौतारि रहेको छ । कमर्श विषय पढनेहरूको अर्को पीडा छ, बैकमा जागिर खान गयो जातिय र क्षेत्रियताको कुरा अfउंछ । सबैभन्दा ठूलो कुरो एप्रोच नभै हुदैन भन्छन । अनि अरू विषय पढनेहरूको के हविगत होला ।

एकदम सिमित सिट हुने भएर हो कि के हो, लोकसेवा तिर जागिर खान यो पिढीले त्यति  विश्वास गर्दैन । किन हो, यसको जवाफ कोहीसंग छ जस्तो लाग्दैन । आर्मी पुलिस तिर पनि सिट सिमितता हुन्छ । देशमा न उद्योग छ, न कलकारखाना छ । के को लागि वस्ने र के हेरेर वस्ने देशमा पढेपछि जहां काम पाइदैन भने, आजको पिढीले सवै अभिवाबकलाइ सोध्ने प्रश्न हो यो । न अभिवाबकसंग यसको जवाफ छ, न राज्यसंग जवाफ छ यो प्रश्नको ।

युरोप अमेरिकामा रिफुजीले घर किन्छ, गाडी किन्छ तर मेरो देशले डाक्टरलाइ काम दिन सकेको छैन, इन्जिनियरलाइ काम दिन सकेको छैन । अरू भारेभुरे विषय पढनेको के कुरा गर्नु । अनि मेरो देश, मेरो मुटु, मेरो माटो भनेर वसेर न खान पाइन्छ, न रोजगारी पाइन्छ, न भविष्य नै सुरक्षित छ । नयां पिढीले (जेनरेशन) भन्छ यो देशले हामी जस्ता नवयुवकलाइ काम दिने होइन राजनीतिक कार्यकर्ता र झोले मात्र वनाउंछ ।

सबै नागरिक राजनितिक कार्यकर्ता र झोले हुन त रूचाउदैनन । सरकार नागरिक फ्रेन्डली पनि छैन । कुनै नेतालाइ सोध्यो भने उनिहरूको उत्तर हुन्छ, के हो नागरिक फ्रेन्डली भनेको, के हुनु पर्यो, के गर्नु पर्यो, के भएन, यस्ता अमर्यादित उत्तर पाइन्छ । त्यसैले यहां वस्नु भनेको जिन्दगी वरवाद गर्नु मात्र हो भन्छ यो पिढीले । आफ्नो वच्चाले उच्च शिक्षा अध्ययन गरेपछि कामको लागि वर्षैसम्म भौतारिनु पर्ने पनि देश हुन्छ र । यसको वारेमा न कसैले अध्ययन गरेका छन, न यसको समाधान खोजी रहेका छन । खाली नेपालीहरू विदेश गए, भन्ने सतही कुरा वाहेक केही भएको छैन यहा ।

यो दिक्दारी, यो अस्तव्यस्ता र अन्योलमा नागरिकले सुनौलो र सुरक्षित भविष्य खोज्नु कुनै अचम्मको कुरो होइन । हुंदाहुंदा अब त हरेक नागरिकलाइ वच्चा विदेश पठाएमा प्रतिष्ठाको विषय वन्न गएको छ । घर चलाउने एक मुख्य माध्यम भएको छ । वच्चाहरू विदेशमा भए वुढेसकालमा आफूलाइ पनि घुम्न जाने माध्यम भएको छ ।

मैले तीसवर्ष सरकारी नोकरी गर्दा पन्ध्रलाख पनि हात परेन जागीर छोडदा । यहां घरजग्गाका करोडकरोडको कुरा हुन्छ, कहांबाट आउछ करोड । सरकारी नोकरीले भविष्य वन्छ भन्ने कुरामा कोही पनि विश्वस्त छैनन । वदमासी नगरीकनै काठमान्डुमा कर्मचारीहरूले यत्रायत्रा घरहरू कसरी वनाएका होलान । को संग छ यसको जवाफ । वदमासी नगर्ने मेरा कैयौ साथीहरू आजसम्म पनि डेरामा नै छन । आफ्नो पैतृकसम्पति वाहेक तिनले एकआना जग्गा पनि जोडन सकेका छैनन जागिरको कमाइबाट । विडम्वना काठमान्डुमा यत्रायत्रा सरकारी कर्मचारीका घरहरू कसरी वने को संग छ यसको जवाफ ।

न सरकारको नीति छ, न सरकाले केही गर्न सक्छ, न आम्दानी श्रोत खोज्न सक्छ । यति त गर्न नसक्नेले विदेश जाने नागरिकलाइ रोक्ने कुरा गर्छ ।

दुखसाथ भन्नुपर्दा आफूले आर्थिक साम्राज्य खडा गर्ने अनि नागरिकलाइ उ हेर त समाजवादको बाटो भनेको त्यो हो, साम्यवादको बाटो भनेको त्यो हो भनेर देखाउने प्रवित्तिले देश यस्तो अवस्थामा पुगेको हो । एक्काइसौ  शताव्दीका नागरिकहरूलाइ झुक्काउन गारो छ । उनीहरूमा हामीमा जस्तो सहन सक्ने धैर्यता छैन, उनीहरू लटरपटर गर्न मन पराउदैनन । त्यसैले उनीहरू आफ्नो सुन्दर भविष्यको खोजीमा हिडिरहेका छन । यो हिडाइले परिवारमा खुसाली प्रदान गरिरहेको छ । सामाजिक प्रतिष्ठा वढी रहेको महशुस गरिरहेका छन । आर्थिक आय आर्जनको माध्यम वनि रहेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?