८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सङ्खुवासभा : पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

2347 views

2347 views

सङ्खुवासभा : पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

 

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?