८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

आज देशभर मौसमको अवस्था कस्तो रहला ?

नागरिक पोष्ट

सोमबार, ३२ असार २०८१

3248 views

3248 views

आज देशभर मौसमको अवस्था कस्तो रहला ?

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एकदुई  स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?