१० कार्तिक २०८१, शनिबार

ताजा खबर

प्रधानमन्त्री नियुक्ति भोलि, शपथ पर्सि

नागरिक पोष्ट

शनिबार, ३० असार २०८१

3571 views

3571 views

प्रधानमन्त्री नियुक्ति भोलि, शपथ पर्सि

काठमाडौं । मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

 

नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२)बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो ।

स्रोतका अनुसार, आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । ‘आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ’, ती स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?