१० मंसिर २०८१, सोमबार
ताजा खबर

झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा

नागरिक पोष्ट

शनिबार, ३० असार २०८१

3554 views

3554 views

झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा

काठमाडौं– लगातारको वर्षाले नागरिकको दैनिकी कष्टकर छ । तर सहकारी पीडितहरूलाई यो झरीले रोक्न सकेन । उनीहरू न्यायको लागि सडक आन्दोलनमा छन् । 

बचत डुबेको चिन्ताले निन्द्रा नलाग्ने भएर झरीमा पनि आन्दोलनमा बसेको पीडितहरूको गुनासो छ । हामीहरूको निन्द्रा भोक खोसेर सरकार निदाइरहेको उनीहरूको आरोप छ । 


सहकारी पीडित बचतकारीकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ केसीले १४ महिनादेखि निरन्तर सडक आन्दोलनमा बस्दा पनि सरकारले बेवास्ता गरेको बताए ।

उनी भन्छन्, ‘न्याय माग्दा सडकमा आउँदा सरकारले लगेर थुन्यो, पैसा फिर्ता देला भन्दा अपराधीलाई जस्तो जेलमा लगेर थुन्छ ।’


उनीहरू हाल तेस्रो चरणको आन्दोलनमा रहेका छन् । ४९ दिनदेखि उनीहरू शान्तिवाटिकामा रिले अनशनमा छन् ।

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?