शुक्रबार, २९ असार २०८१
3027 views
3027 views
काठमाडौं । चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्।
काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।
नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ मा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रु हाम फालेर बच्न सफलको चितवन प्रहरीले जनाएको छ। वर्षा निरन्तर भइरहेको र पहिरोसमेत नरोकिएकाले उद्धारमा कठिनाइ भएको भएको प्रहरीको भनाइ छ ।
यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।