सोमबार, २५ असार २०८१
4676 views
4676 views
काठमाडाैं । चालु आर्थिक वर्षको ११ महिनामा फलाम तथा इस्पातका उत्पादनको निर्यात ५९.८ प्रतिशतले बढेको छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालु आवकाे साउनदेखि जेठमसान्तसम्म १५ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो ।
यस्तै यसै अवधिमा फलाम तथा इस्पातकाे आयात ११.८ प्रतिशतले घटेकाे छ । यस अवधिमा १ खर्ब ३५ अर्ब ६९ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पात आयात भएको छ ।
गत आर्थिक वर्ष ११ महिनामा १ खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँ बराबरको फलाम तथा रड आयात भएको थियो ।