१० मंसिर २०८१, सोमबार
ताजा खबर

ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन

नागरिक पोष्ट

आईतवार, २४ असार २०८१

4999 views

4999 views

ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाबाट बिभिन्न पेसा ब्यवसाय र अध्ययनको शिलसिलामा काठमाडौं आई बसेका नेकपा(माओवादी केन्द्र)का संगठित सदस्य तथा सदस्यहरुको संगठन ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिका दोस्रो भेलाले  युवानेता ज्ञानेन्द्र गौतम लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । 
बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ३५ सदस्य रहने कार्यसमितिमा १० जना पछि थप्नेगरि २५ सदस्यको समिति चयन गरिएको हो । 
कार्यसमितिको उपाध्यक्षमा राम तामाङ,बिसभाई तामाङ र बिष्णु तामाङ सचिव उद्धव दुलाल,सह सचिव ईश्वर दाहाल र चतुरमान तामाङ तथा कोषध्यक्षमा दिपक तामाङ निर्विरोध चयन भएका हुन् । 
कार्यक्रममा बिशेष अतिथिको रुपमा सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष ठुलोबाबु श्रेष्ठको उपस्थिति रहेको थियो भने अतिथिको रुपमा माओवादी नेता चिराग,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज महेन्द्र घोरासैनी,अध्यक्ष जयराम आचार्य लगायतको उपस्थिति रहेको थियो । 
सम्पर्क समन्वयको संगठनको आधारमा सिन्धुपाल्चोकको ईन्द्रावती निकै अगाडी मानिन्छ । यहिँ बाट राजनैतिक अगाडी बढाएका ठुलोबाबु श्रेष्ठले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिमा १४ बर्ष निरन्तर नेतृत्व गरेका थिए । 
कार्यक्रममा बोल्दै मन्त्री दुलालले माओवादी सत्ता मोहमा नफसेको जिकिर गर्दे सत्ताभन्दा बाहिर बसेर भएपनि जनताको काम गर्न माओवादी तयार रहेको बताउनु भयो । माओवादीको सरकार भएको अवस्थामा सामाजिक रुपान्तरण तथा आर्थिकबृद्धिका कतिकाम भएको छ आमनागरिक आफैंले बुझेका छन्  भन्दै मन्त्री दुलालले सरकारबाट बहिर्गमनको बारेमा कुनै पनि किसिमको पिर चिन्ता नलिइकन आफ्नो नियमित कार्य गर्न गराउन सबै नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । 
ईन्द्रावती काठमाडौं सम्पर्क समन्वयका अध्यक्ष मनिकुमार श्रेष्ठ (मनिस)को अध्यक्षतामा सम्पन्न कार्यक्रम समितिका सचिव केदार चौलागाईले सन्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?