२३ भाद्र २०८१, आईतवार

ताजा खबर

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु

नागरिक पोष्ट

शनिबार, २३ असार २०८१

2381 views

2381 views

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु

काठमाडौँ– थाई सेनासँग भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको छ । थाई सेनासँग ‘मैत्री’ संयुक्त सैन्य अभ्यास गर्नका लागि भारतीय सेनाको टुकटी थाइल्याण्डतर्फ गएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

जुलाई १ देखि थाइल्याण्डको टाक प्रान्तस्थित वाचिराप्रकान क्षेत्रमा दुई मुलुकका सेनाले अभ्यास गरिरहेको जनाइएको छ । यो अभ्यास १५ जुलाईसम्म सञ्चालन हुनेछ ।


भारतीय रक्षा मन्त्रालयले जनाएअनुसार यस अभ्यासमा भारतीय सेनाका ७६ सैनिक सहभागी छन् । अभ्यासमा थाइल्याण्डका पनि ७६ सैनिक सहभागी रहेको जनाइएको छ ।

दुई मुलुकबीच रक्षा सम्बन्ध सुदृढ गर्न मैत्री सैन्य अभ्यासले मद्दत गर्ने अपेक्षा गरिएको छ । यस अभ्यासमा प्रतिविद्रोह र प्रतिआतंकवादबारे सैनिकलाई प्रशिक्षण दिइने एएनआईले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?