१० कार्तिक २०८१, शनिबार

ताजा खबर

राष्ट्रियसभा बैठक बस्दै, बजेटका शीर्षकमा मन्त्रालयगत छलफल हुने

नागरिक पोष्ट

सोमबार, १८ असार २०८१

2993 views

2993 views

राष्ट्रियसभा बैठक बस्दै, बजेटका शीर्षकमा मन्त्रालयगत छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ ।


आज वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत छलफल हुनेछ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?