७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रभु बैंकको बैतडीको देहीमाण्डौंमा ३०३ औँ शाखा सञ्चालन

नागरिक पोष्ट

बिहीबार, ३१ जेष्ठ २०८१

3928 views

3928 views

प्रभु बैंकको बैतडीको देहीमाण्डौंमा ३०३ औँ शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि दशरथचन्द नगरपालिका,वडा नं।२ स्थित देहीमाण्डौंमा आफ्नो ३०३ औँ शाखा सञ्चालनमा ल्याएको छ । ।


बैंकको देहीमाण्डौं शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् । साथै त्यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूणर् भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?