४ असार २०८१, सोमबार

ताजा खबर

ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता

नागरिक पोष्ट

मंगलवार, २९ जेष्ठ २०८१

664 views

664 views

ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सम्झौतापत्रमा सयुक्त गरे ।


सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू पाउने छन् ।

त्यसैगरी ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु ५०० बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने बैंकले जनाएको छ । कार्यक्रममा बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले सहकार्यमा जोडिन पाउँदा खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका