सोमबार, २८ जेष्ठ २०८१
5849 views
5849 views
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले महिला सदस्यलाई आत्मनिर्भर बनाउन जोड दिएको छ । महिला सदस्यको आर्थिक, सामाजिक, शैक्षिक, उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउन विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
एन आई सी एशिया तथा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड समायोजन भई विगत १० वर्षदेखि वित्तीय सेवा दिदै आएको छ । यस संस्थाले विगत देखी सञ्चालन गर्दै आएको कार्यक्रमलाई यस आर्थिक वर्ष २०८१र०८२ देखि प्रभावकारी बनाउन न्यून आय भएका महिलालाई लक्षित गरी महिला सदस्यको आर्थिक, सामाजिक, शैक्षिकका साथै उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउन विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
सीप, तालिम, उद्यमशिलताको विकास तथा महिला सदस्यको व्यक्तित्व विकासका लागि देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षक छनौट गरी रोष्टर निर्माण गर्ने कार्य भइरहेको छ । सो कार्यका लागि इच्छुक व्यक्ति, संघ संस्थाले यस एन आई सी एशिया लघुवित्तको कर्पोरेट कार्यालय बनेपा तथा सबै शाखा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्था हो । सो संस्था राष्ट्रियस्तर कार्यक्षेत्र भएको छ । इटहरी नगरपालिका वडा नं ९ रजिष्टर्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रही नेपालका विभिन्न भौगालिक क्षेत्रहरु ७४ जिल्ला २८९ शाखा कार्यालय सञ्चालन गरी सेवा दिदै आएको छ ।