२३ माघ २०८१, बुधबार
ताजा खबर

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्याे सुझाव

नागरिक पोष्ट

सोमबार, २८ जेष्ठ २०८१

7175 views

7175 views

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्याे सुझाव

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि  सर्वसाधारण तथा सरोकारवालाहरू सुझाव माग गरेको छ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार एक सूचना जारी गर्दै असार १६ गतेभित्र सुझाव पेश गर्नुपर्ने जानकारी दिएकाे छ ।

संकलित सुझावपछि राष्ट्र बैंकले उपयुक्त ठानेका सुझावलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्दछ । राष्ट्र बैंकले १५ साउनभित्र मौद्रिक नीति ल्याउनेछ।

सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने भएको छ । ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?