२३ माघ २०८१, बुधबार
ताजा खबर

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

नागरिक पोष्ट

शनिबार, २६ जेष्ठ २०८१

6121 views

6121 views

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नघल टोल २८, काठमाडौं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्थ रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?