९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

नाट्टा निर्वाचनमा दिनेश मैनालीको स्वतन्त्र उमेदवारी

नागरिक पोष्ट

सोमबार, २१ जेष्ठ २०८१

6597 views

6597 views

नाट्टा निर्वाचनमा दिनेश मैनालीको स्वतन्त्र उमेदवारी

काठमाडौं । आगामी जेठ २५ गते ९जुन ७, २०२४० शुक्रबार नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाट्टा० को ५७ औ बार्षिक साधारणसभा र निर्वाचनले आगामी दुई वर्षका लागी नेतृत्व चयन गर्नेछ । नाट्टाको आगामी शुक्रबार हुने कार्यसमिति निर्वाचनमा शुभम ट्राभल्स एण्ड टुर्स प्रा। लिका संचालक दिनेश प्रसाद मैनालीको कार्यसमिति सदस्य पदका लागी स्वतन्त्र उमेदवारी दिएका छन् ।
 
मैनाली भन्छन् विस्तारै सल्बलाउँदै गरेको पर्यटन क्षेत्रलाई थप उचाईमा पुर्‍याउन अब आउने नयाँ कार्यसमितिको काँधमा पर्नेछ । उनी थप्छन्, महाविनाशकारी भुकम्प र त्यस पश्चात विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ को महामारीले थिलथिलो पारेको नेपाली पर्यटन व्यवसायले अहिले विस्तारै गति लिन थालेको छ, यसलाई कायम राख्न र थप बढावा दिन संगठन मार्फत आफ्नो पनि महत्वपूर्ण भूमिका रहने हुँदा स्वतन्त्र उमेदवारी दिएको बताउँछन् ।
 
दिनेश मैनाली नमोबुद्ध नगरपालिका(०५, काभ्रेपलाञ्चोक, कानपुरका स्थायी बासिन्दा हुन् । एक कुशल र सफल ट्राभल्स व्यवसायी मैनाली शुभम ट्राभल्स एण्ड टुर्स प्रा।लि का संचालक हुन् । मैनाली विगत लामो समयदेखि यस पेशामा आवद्ध रहेका छन्, कर्मचारी हुँदै व्यवसायमा फड्को मारेका मैनालीले यस क्षेत्रमा निकै लामो संघर्ष गर्दै अगाडी बढिरहेका छन् ।
 
यस क्षेत्रमा लामो अनुभव बटुलि सकेका मैनालीले आगामी नाट्टा निर्वाचनमा आफू बिजयी बनेमा व्यवसायमा आवद्ध कर्मचारीहरु र व्यवसायको हकहितमा रहेर कार्य गर्दै, यस क्षेत्रमा भएका कमिकमजोरी तथा विकृति विसंगतीलाई हटाउँदै यस व्यवसायलाई सुरक्षित व्यवसाय बनाउन सघाउनका निमित्त संगठन मार्फत मात्र संभव हुने हुँदा उनले उमेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?