१२ मंसिर २०८१, बुधबार
ताजा खबर

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो नगद लाभांश

नागरिक पोष्ट

आईतवार, २० जेष्ठ २०८१

4472 views

4472 views

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो नगद लाभांश

काठमाडौं । सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको ३७६ औं बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१।०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।


हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीको उक्त लाभांशमा १।०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपश्चात तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८र७९ मा १५।७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?