आईतवार, २० जेष्ठ २०८१
5866 views
5866 views
काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।
‘लाउञ्ज एण्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकै पटकमा सेवा लिन सक्छन् । बारतर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ ।
काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ । चारतारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ ।
साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ । केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।