शनिबार, १९ जेष्ठ २०८१
5475 views
5475 views
काठमाडौं, १९ जेठ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा थप ५ प्रतिशत भन्सार शुल्क बढाएसँगै नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको हो ।
यस साता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबारदेखि शुक्रबारसम्म लगातार बढेको हो । यो साता सोमबार सुनको मूल्य तोलामा ३००, मंगलबार ४००, बुधबार ६०० रूपैयाँले ङटेको थियो । जेठ १८ बिहिबार प्रतितोला १७ सयले बढ्दै सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। यस्तै शुक्रबार पनि सुनको मूल्य १ हजार ७ सय रूपैयाँले बढेको हो ।
गत आइतबार१ लाख ३६ हजार ९०० रुपैयाँमा स्थिर रहेको सुनको मूल्य शुक्रबार सम्म आइपुग्दा ५ हजार ३०० रूपैयाले बढेको छ । हिजो शुक्रबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजावी सुन १ लाख ४१ हजार ५०० रूपैयाँमा कारोबार भएको छ ।