शनिबार, १९ जेष्ठ २०८१
7362 views
7362 views
काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको बताइन् ।
डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् ।
पुर्जाले सन् २०२३ मा काठमाडौंको एक होटलमा कफी पिउन लैजाने भनेर कोठासम्म लिएर गएको र जबरजस्ती चुम्बन गरेको र गोप्य अंगमा हातपात गरेको हिन्स्टाले टाइम्ससँग बताएकी छिन् ।
यस विषयमा पुर्जाले भने प्रतिक्रिया दिन नचाहेको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।