१२ मंसिर २०८१, बुधबार
ताजा खबर

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

नागरिक पोष्ट

सोमबार, १४ जेष्ठ २०८१

6087 views

6087 views

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौं गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो ।

महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्त रुपमा उद्घाटन गरे ।


कार्यक्रममा मन्त्री चौधरीले फेस्टिबलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलकारुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताइन् । “फेस्टिबलमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालमाथि विचार विमर्श हुनु नेपाली साहित्य जगत्का लागि उपलब्धिमूलक हो”, उनले भनिन् ।


मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गरिन् ।

नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्यमाझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै कार्यक्रममा आफ्नो कवितासमेत वाचन गरेर सुनाएका थिए ।

मङ्गलबारसम्म सञ्चालन हुने उक्त फेस्टिबलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चनलगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिए । उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् ।

सोही अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो ः कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । फेस्टिबेलमा नेपाल, पानामा, ग्रीस, बेलायत, अमेरिका, हङ्कङ, भारत, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देशबाट आएका लेखक तथा कविले आफ्नो सिर्जना प्रस्तुत गर्नेछन् । महोत्सवमा ५ महादेशका ३५ भन्दा बढी लेखकको सहभागिता रहेको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?