९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

आयल निगमको खुद नाफा सबैभन्दा धेरै, उच्च नाफा आर्जन गर्ने ५ सरकारी संस्थानहरु कुन-कुन ?

नागरिक पोष्ट

सोमबार, १४ जेष्ठ २०८१

7073 views

7073 views

आयल निगमको खुद नाफा सबैभन्दा धेरै, उच्च नाफा आर्जन गर्ने ५ सरकारी संस्थानहरु कुन-कुन  ?

काठमाडौं:  नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा नेपाल आयन निगम रहेको छ । यसले आर्थिक वर्ष २०७९(८० मा ११ अर्ब ७२ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसको सञ्चित नाफा भने ४ अर्ब ८५ करोड ऋणात्मक देखिएको छ । 

आर्थिक वर्ष २०७९र८० मा उच्च खुद नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थान क्रमशः नेपाल आयल निगम लि।, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । अर्थमन्त्रालयका अनुसार यी संस्थानको खुद नाफा कुल खुद नाफाको ७५।६७ प्रतिशत रहेको छ । 

उच्च नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थानको खुद नाफा, सेयर लगानी, सेयर लगानीमा खुद नाफा प्रतिशत, सार्वजनिक संस्थानको खुद नाफामा यी संस्थानको योगदान र सञ्‍चित नाफा/नोक्सान यस प्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?