शनिबार, १२ जेष्ठ २०८१
10252 views
10252 views
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनी शुक्रबार राति काव्या अस्पतालमा भर्ना भएका हुन् ।
काठमाडौंमा पक्राउ गरी सिरोहिया जनकपुर पुर्याइएका थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको थियो ।
प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको बताइएको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो ।