१२ मंसिर २०८१, बुधबार
ताजा खबर

चीनको ग्वान्जाओमा नेपालको प्रभावकारी पर्यटन प्रवर्धन

नागरिक पोष्ट

शुक्रबार, ११ जेष्ठ २०८१

6461 views

6461 views

चीनको ग्वान्जाओमा नेपालको प्रभावकारी पर्यटन प्रवर्धन

काठमाडौं । चीनको ग्वान्जाओमा आयोजित ३२ औँ ग्वान्जाओ इन्टरनेश्नल ट्राभल फेयर ९जिआईटीएफ० सम्पन्न भएको छ । उक्त व्यापार मेलामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरुको सहभागिता रहेको थियो । ग्वान्जाओमा यहि मे १६ देखि १८ सम्म आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरुबाट ४० हजार भन्दा बढी जनताले सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डले १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीहरुमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोहीदिन साँझ ‘वेष्टिन पाजाओ’ होटलमा आयोजित ‘बायर्स नाईट’ कार्यक्रमबीच पाटा नेपाल च्याप्टरले चाईना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवद्र्धनकालागि समग्र भूमिकाशीर्षक अन्तर्गत गोल्ड अवार्ड र जिआईटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त ग¥यो । सोहीअवसरमा नेपालपर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगलहोलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’शीर्षकमागोल्ड अवार्ड प्राप्त गरे ।
मे १७ तारिखमा आयोजित जिआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले “जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरुका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरु” शीर्षक अन्तर्गत समूहगत छलफलमा सहभागिता जनाएका थिए । उक्त सेसनको सहजिकरण मकाउ युनिभर्सिर्टी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा। टिमुदी लीले गरेका थिए ।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेससिंह बुडालले चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरुले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवद्र्धन तुलनात्मक रुपमा निकै कम रहेको बताए । साथै न्यूजील्याण्ड, साउदी, हङकङ लगायत अन्य गन्तव्यहरुले चीनको विविध प्रान्तहरुमा आफ्नो पर्यटन बोर्डको शाखा कार्यालय तथा प्रतिनिधिहरुनै व्यवस्थापन गरी प्रभावकारी प्रवद्र्धन गरिरहेको पाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?