१० कार्तिक २०८१, शनिबार

ताजा खबर

सिंहदरबारमा कार्यदलको बैठक सुरु

नागरिक पोष्ट

शुक्रबार, ११ जेष्ठ २०८१

5322 views

5322 views

सिंहदरबारमा कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

आज बिहान ८ बजे बस्ने भनिएको बैठक ढिला गरि अहिले सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।


हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज  पुनः बैठक बसेको हो  ।

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ । 


कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?