१० कार्तिक २०८१, शनिबार

ताजा खबर

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ स् कुलमान घिसिङ

नागरिक पोष्ट

बिहीबार, ३ जेष्ठ २०८१

4489 views

4489 views

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ स् कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् ।विहीबार प्रि(बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए ।


उनले भने, ‘भन्सारलगायतका विषयहरु छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रुपमा छलफल नै गरिरहेका छौं । राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोशन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ । नेपालमा विद्युतीय सवारी साधनको प्रमोशनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’

यस्तै, उनले नेपालमा उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूणर् भूमिका नीजि क्षेत्रको रहेको पनि बताए । उनले भने, ‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौ । त्यो पुरा गर्नको लागि नीजि क्षेत्र नै हो नेपालमा अहिलेको उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूणर् भूमिका खेलेको छ । तपाईहरुलाई सहजीकरण गर्न हामी सधैँ तयार छौ ।’

अर्बौ रुपैंयाँ वनलाई क्षतीपूर्ती दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाँउमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?