८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान

नागरिक पोष्ट

मंगलवार, १ जेष्ठ २०८१

4353 views

4353 views

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।


शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् ।

उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।


फ्रान्समा रहँदा शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनेछन् भने अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन समेत गर्ने छन् ।

कान्स र काठमाडौँ युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।

१२ दिनसम्म चल्ने फेस्टिभलमा मेयर बालेन तीन दिनको कार्यक्रममा सहभागी भइ जेठ ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?