८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?

नागरिक पोष्ट

मंगलवार, १ जेष्ठ २०८१

5322 views

5322 views

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

हिजो दिउँसोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरि आजका लागि बोलाइएको हो ।


आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।


यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?