८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

नागरिक पोष्ट

मंगलवार, १ जेष्ठ २०८१

5645 views

5645 views

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं। सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई बुझाए पछि राष्ट्रपतिले सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् ।


राष्ट्रपतिले वाचन गरेपछि अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

यता, प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरु संसद अवरुद्ध गर्ने अडानबाट पछि नहटेका कारण नीति तथा कार्यक्रम पेस हुने विषय अन्योलमै छ ।


कांग्रेससहितका विपक्षी दलले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

सहज रुपमा नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री दाहालले सरकारमा सहभागी दल तथा प्रतिपक्ष दल कांग्रेसलगायतसँग छलफल गरे पनि सहमति भने हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?