८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

जापानमा एएमएस इन्टरनेसनल अनर अवार्ड, बाँस्कोटालाई दीर्घ साधना सम्मान

नागरिक पोष्ट

सोमबार, ३१ बैशाख २०८१

6257 views

6257 views

जापानमा एएमएस इन्टरनेसनल अनर अवार्ड, बाँस्कोटालाई दीर्घ साधना सम्मान

काठमाडौं । दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । एएमएस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक समारोहबित सम्पन्न भएको भएको हो ।


कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । बरिष्ठ कलाकार शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीत रत्न शम्भुुजित बाँस्कोटा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य चेतन सापकोटालगायत जापान गएका थिए । त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुगेका थिए ।

समारोहमा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उनलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो । विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?