८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

नागरिक पोष्ट

सोमबार, ३१ बैशाख २०८१

4999 views

4999 views

नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको शिलान्यास गर्न चितवन पुगेका छन् । उनी हिजो नै चितवन गएका हुन् ।

चितवनको भरतपुर महानगरपालिका र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल भरतपुर महानगरपालिकाका तर्फबाट आज शिलान्यास गर्न लागिएको हो ।


हाल नारायणी नदीमा भएको पुलसँगै जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं पुलका योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने छन् भने पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।


पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?