८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

नागरिक पोष्ट

आईतवार, ३० बैशाख २०८१

4778 views

4778 views

राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं, ३० वैशाख। नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ। राष्ट्र बैंकबाट प्राप्त जानकारी अनुसार बैंक सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक रहेका देवकुमार ढकालको वित्त व्यवस्थापन विभागमा सरुवा भएको छ । वित्त व्यवस्थापनमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई सुपरीवेक्षणको जिम्मा दिइएको छ ।

त्यसैगरी मानव संशाधन विभागको प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा पुर्याएर नरेश शाक्यलाई उनको ठाउँमा ल्याइएको छ।

लघुवित्त सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक रहेका रेवती प्रसाद नेपालको आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरेर उनको ठाउँमा कार्यकारी निर्देशक विमलराज खनाललाई पठाइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?