८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सभामुखबाट दलका प्रमुख सचेतकहरुको बैठक आह्वान

नागरिक पोष्ट

आईतवार, ३० बैशाख २०८१

5356 views

5356 views

सभामुखबाट दलका प्रमुख सचेतकहरुको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुबो बैठक आह्वान गरेका छन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल हुनेछ ।


सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समित बनाउनु पर्ने माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सो समस्या कसरी समाधान गर्ने र निर्वाध रुपमा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग राय लिन लागेका हुन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?