८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

स्नातकोत्तर तहमा छात्रवृत्तिमा आईटी पढ्न आवेदन माग

नागरिक पोष्ट

शनिबार, २९ बैशाख २०८१

7821 views

7821 views

स्नातकोत्तर तहमा छात्रवृत्तिमा आईटी पढ्न आवेदन माग

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले स्नातकोत्तर तहका विषयमा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा भर्ना हुन इच्छुकका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भएकाे छ । एक सूचनामार्फत विश्वविद्यालयको​ संकाय प्रवेश परीक्षा समितिले १० प्रतिशत छात्रवृत्ति (पाँच प्रतिशत जेहेनदार र पाँच प्रतिशत आरक्षित)का भर्नाका लागि अनलाइन आवेदन फाराम खुलाएको हो । 

इच्छुक र योग्य विद्यार्थीले २९ वैशाखसम्म दुई हजार शुल्क तिरेर फाराम भर्न सक्नेछन् । त्यसैगरी दोब्बर दस्तुर तिरेर १ जेठसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा विद्यार्थीले आफ्नो सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र, पासपोर्ट साइजका फोटो अपलोड गर्नुपर्ने विश्वविद्यालयले जनाएकाे छ ।


प्रवेश परीक्षा ५ जेठमा हुनेछ ।

अहिले यस संकाय अन्तर्गत मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए), मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) लगायतका आईटी विषय पढाइ हुन्छ । 

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

यस संकाय अन्तर्गतका आंगिक एवं सम्बन्धन प्राप्त शैक्षिक संस्था निम्न रहेका छन्:

 

शैक्षिक संस्थाहरुको विवरण

शैक्षिक कार्यक्रम

आंगिक क्याम्पस

पुसेट (पूवि स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी), विराटनगर 

Master of Computer Application (MCA)

Master of Information Technology (MIT)

सम्बन्धन प्राप्त क्याम्पस

गोमेन्द्र बहुमुखी महाविद्यालय, बिर्तामोड झापा

Master of Computer Application (MCA)

किष्ट कलेज अफ इन्फरमेसन टेक्नोलोजी, कमलपोखरी, काठमाडौं ।

Master of Information Technology (MIT)

कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङ (सीआईटीई), तीनकुने, काठमाडौं

Master of Information Technology (MIT)

कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं

Master of Computer Application (MCA)

हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी, कीर्तिपुर।

M.Sc. in Ag.(Agri-Business Management)

M. Sc. Meat Technology

सीएएफओडीएटी कलेज कुमारीपाटी ललितपुर

M.Sc. in Nutrition and Dietetics

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?