बिहीबार, २७ बैशाख २०८१
6444 views
6444 views
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एकअर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताए।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ ९एक्यान० द्वारा आज आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम् धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’
लेखापरीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गरे राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ भने ।