८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपतिको भेटवार्ता

नागरिक पोष्ट

बिहीबार, २७ बैशाख २०८१

6495 views

6495 views

उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपतिको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवम् उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरुले शीतलनिवासमा  भेटवार्ता गरेका छन् । पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रपतिले जल्दोबल्दो समस्याका रुपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताए ।

राष्ट्रपति पौडेलले वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंगलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गरेका छन् ।

उनले असहाय, बालबालिका तथा वृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क ९चौतारी० र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?