८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने- उपेन्द्र यादव

नागरिक पोष्ट

बिहीबार, २७ बैशाख २०८१

6172 views

6172 views

जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने- उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने भएको छ । प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हन् ।
आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए । 
उनी अमेरिकामा भएकै बेला वैशाख २२ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएको थियो । राईले निर्वाचन आयोगमा जसपा नामको पार्टी दर्ता गराई सकेका छन् । अशोक राई नेतृत्वको जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?