८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सुरक्षित कारोबार संशोधन विधेयकसम्बन्धी प्रतिवेदन पारित

नागरिक पोष्ट

बिहीबार, २७ बैशाख २०८१

5764 views

5764 views

सुरक्षित कारोबार संशोधन विधेयकसम्बन्धी प्रतिवेदन पारित

काठमाण्डौ – राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

समितिको आजको बैठकले विधेयक पारित गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफलपछि सुरक्षित कारोबार विधेयक २०८० पहिलो संशोधन पारित भएको बताउनुभयो ।

उहाँले सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको र चाँडै राष्ट्रिय सभामा पेस हुने बताउनुभयो । विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?