७ कार्तिक २०८१, बुधबार

ताजा खबर

इंग्लिस प्रिमियर लिग स् उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

नागरिक पोष्ट

आईतवार, २३ बैशाख २०८१

5985 views

5985 views

इंग्लिस प्रिमियर लिग स् उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ५–१ गोलले हराउँदै सिटीले सहज जित निकालेको हो ।

सिटीको जितमा स्टार फरवार्ड एरलिङ हालान्डले चार तथा जुलियन अल्भारेजले एक गोल गरेका थिए । यस्तै, उल्भ्सका ह्वांग हि चानले एक गोल फर्काए ।


खेलको १२औँ मिनेटमा सिटीका हालान्डले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए । उनले ३५औँ, पहिलो हाफको इन्जुरी समय र ५४औँ मिनेटमा गोल गरेका थिए । उल्भ्सका हि चानले ५४ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यस्तै, सिटीका अल्भारेजले खेलको ८५औँ मिनेटमा गोल गरेपछि म्यानचेस्टर सिटी ५–१ गोलले विजयी भयो ।


यो जितसँगै ३५ खेलबाट ८२ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । पराजित भएको उल्भ्स ३६ खेलबाट ४६ अंकका साथ ११औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?