८ माघ २०८१, मंगलवार
ताजा खबर

नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

11272 views

11272 views

नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल

काठमाडौं  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

भेटवार्ता क्रममा दुई देशबीच पर्यटन, ऊर्जा र कृषि विकासका अनुभव आदानप्रदान गर्ने तथा द्विपक्षीय सहकार्य विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भुटानी प्रधानमन्त्री तोग्बेले नेपालले तयार गर्दै गरेको सोह्रौं योजनाबारे पनि चासो राखेका बताइएको छ ।


आयोग उपाध्यक्ष श्रेष्ठ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को ५५औं गभर्नर अफ बोर्ड बैठकमा भाग लिन मंगलबार थिम्पु पुगेका थिए ।

इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५र२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।


८ देश सदस्य रहेको इसिमोडको प्रधान कार्यालय काठमाडौंमा छ । श्रेष्ठ आजै काठमाडौं फर्कनेछन्‌ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?