१९ चैत्र २०८१, बुधबार
ताजा खबर

इलाम २ मा मतगणना सुरु

नागरिक पोष्ट

आईतवार, १६ बैशाख २०८१

10014 views

10014 views

इलाम २ मा मतगणना सुरु

इलाम। इलाम(२ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो। मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।


आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निणर्य गरेको थियो। कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम(२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका ९१० वडा बाहेक०, देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?