७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

नागरिक पोष्ट

शुक्रबार, १४ बैशाख २०८१

5339 views

5339 views

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव(इन्जिनियर संजय कुमार मंडलले गुणस्तरहिन सडक बनाएर ८ लाख ६५ हजार १४५ भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरेको छ ।


साथै अख्तियारले जानकी कन्सट्रक्शन, मनरा शिसवा न।पा।(५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायलाई पनि प्रतिवादी बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?