७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सचेत रहनुहोला ! चट्याङ्गसहित देशमा अधिकांश भागमा हावाहुरी चल्ने

नागरिक पोष्ट

शुक्रबार, १४ बैशाख २०८१

10167 views

10167 views

सचेत रहनुहोला  !  चट्याङ्गसहित देशमा अधिकांश भागमा हावाहुरी चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही देशको बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(गका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?