१२ मंसिर २०८१, बुधबार
ताजा खबर

२०७२ को विनाशकारी भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

नागरिक पोष्ट

बुधबार, १२ बैशाख २०८१

6920 views

6920 views

२०७२ को विनाशकारी भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

काठमाण्डौँ  । प्रदर्शनीमा राखिएको तस्बिरको अवलोकन गर्नुहुँदै उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी लगायत । 

 

काठमाडौँ, वैशाख १२ गते । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

 

२०७२ साल वैशाख १२ गते गोरखाको दक्षिण पूर्व बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परि आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।

 

आज उक्त विनाशकारी भूकम्प गएको दिनको सम्झनामा खानी तथा भूगर्भ विभागमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’को सह(आयोजनामा फोटो प्रदर्शनी भएको हो ।

 

उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको प्रदर्शनीमा २०७२ को र २०८० सालमा जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ । प्रदर्शनीमा ५५ वटा फोटो राखिए छन् । प्रदर्शनी आज एकदिन चल्नेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?