७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

सिईडिबि हाईड्रोपावरले ११ दशमलव ५८ प्रतिशत लाभांश दिने

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

11731 views

11731 views

सिईडिबि हाईड्रोपावरले ११ दशमलव ५८ प्रतिशत लाभांश दिने

काठमाडौं। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७र७८ र ०७८र७९ को लागि हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ रहेको छ । प्रस्तावित लाभांश सहित दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि कम्पनीले वैशाख ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा विहान ८ बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारण सेयरधनीको तर्फबा सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?