७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रतितोला २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

8569 views

8569 views

प्रतितोला २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ११ वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?