७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अर्थ सचिव फेरिए, मधु मरासिनीलाई जिम्मेवारी

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

5152 views

5152 views

अर्थ सचिव फेरिए, मधु मरासिनीलाई जिम्मेवारी

काठमाडौं । सरकारले बजेटकै मुखमा अर्थ सचिवको सरूवा गरेको छ । अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै मधु कुमार मरासिनीलाई अर्थ सचिवमा ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

अर्थ मन्त्रालयको लामो अनुभव सँगालेको मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?