१९ चैत्र २०८१, बुधबार
ताजा खबर

३३ वटा राजनीतिक दललाई स्पष्टिकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

11068 views

11068 views

३३ वटा राजनीतिक दललाई स्पष्टिकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । ३३ वटा राजनीतिक दललाई निर्वाचन आयोगले स्पष्टिकरण पेश गर्न सूचना जारी गरेको छ । आयोगले ३३ वटा राजनीतिक दलहरुले आफ्नो विवरण पेश नगरेको हुनाले स्पष्टिकरण पेश गर्न भनिएकोे छ ।  

आयोगले वार्षिक आयव्यय नबुझाउने र बुझाएपनि तोकिएको मिति भित्र नबुझाउने तीस वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेको हो । स्पष्टिकरण सोधिएका दलमा सरकार समर्थित र संसदमा प्रतिनिधित्व गर्ने समेत छन् । 

ढिलो गरि विवरण वुझाएका डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी सहित १२ दल र अहिले सम्म विवरण नवुझाएका १८ राजनीतिक दल रहेको आयोगले जनाएको छ । सरकारलाई सर्मथन गरेको संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट लगायत दलले समेत आयव्यायको विवरण ढिलागरि वुझाएका छन् ।

आयोगले जरिवाना गर्नुनपर्ने कुनै आधार वा कुनै कारण भए आगामी ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?