७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौँ उपत्यका र तराईमा तातो हावाहुरी चल्ने, सचेत रहन आग्रह

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

7685 views

7685 views

काठमाडौँ उपत्यका र तराईमा तातो हावाहुरी चल्ने, सचेत रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
महाशाखाले आगामी पाँच दिन तराइमा तातो हावा चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र दिउँसो तातो हावा चल्ने देखिएकाले वैशाख १० गते देखि १४ गतेसम्म सतर्क रहन भनिएको हो ।
लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा विगत दुई दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौँजस्ता उपत्यका तथा खोँचहरूमा पनि तापक्रम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ । मधेश प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, वान्ता आदि हुनसक्ने भएकाले सोबाट बच्न सबैमा आग्रह गरेको छ ।

गर्मी अझै बढ्ने, तराईमा ‘लू’ बाट जोगिन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ ।

विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन आज विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?