७ कार्तिक २०८१, बुधबार

ताजा खबर

युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

नागरिक पोष्ट

आईतवार, ९ बैशाख २०८१

8263 views

8263 views

युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

काठमाडौँ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले युक्रेनका लागि अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ ।

अमेरिकी तल्लो सदनमा भएको मतदानमा रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनलाई ६१ अर्ब डलर बराबरको रकम तथा सैन्य सहयोग प्रस्ताव पारित भएको हो ।


यस्तै, इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले ८ अर्ब १० करोड डलर बराबरको रकम र सैन्य सहयोग पाउने बीबीसीले जनाएको छ । यो प्रस्ताव माथिल्लो सदन  सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले बताउँदै आएको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।


अमेरिकी सदनमा राहात प्याकेजबारे निर्णय भएपछि प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले यो राहात प्याकेजले युद्ध बिस्तार हुन रोक्ने र धेरैको ज्यान जोगाउने दाबी गरेका छन् ।

उनले भने, ‘लोकतन्त्र र स्वतन्त्रताको सधैँ विश्वव्यापी महत्त्व रहनेछ र जबसम्म अमेरिकाले यसलाई रक्षा गर्न मद्दत गर्छ तबसम्म त्यो असफल हुँदैन।’

यता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस प्याकेजले संयुक्त राज्य अमेरिकालाई अझ धनी बनाउने, युक्रेनलाई थप विनाश गर्ने र अझ धेरै युक्रेनीहरूको मृत्यु हुने प्रतिक्रिया दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?